About Us

बेलायतमा आप्mनो विशिष्ट पहिचान कायम राख्न नेपाली भाषा तथा साहित्यको संरक्षण र सम्बर्धन गर्नुका साथै यसको माध्यमबाट विश्वमा पैmलिएर रहेका नेपालीहरु बीच साहित्यिक सम्पर्क तथा सम्बन्ध बढाई राष्ट्र्यि एकता र भातृत्वको भावना अभिबृध्दि गर्नु यसको मूलभूत उद्येश्य हो ।

सन् १९९५ मा स्थापित नेपाली साहित्य विकास परिषद यूकेले आप्mनो उद्देश्य हासिल गर्न नेपाली साहित्याकाशका उज्ज्वल नक्षत्रहरुका पुण्य तिथिमा उनीहरुप्रति श्रध्दान्जी चढाउने, साहित्य सेमिनार तथा गोष्ठिहरु आयोजना गर्ने, साहित्यिक श्रष्ठाहरुको सम्मान र स्थापित तथा नव प्रतिभाहरुलाई पुरस्कृत तथा प्रोत्साहित गर्ने र साहित्यिक पत्रिका लालीगुरांस तथा अन्य पुस्तकहरु समेत प्रकाशित गर्ने गरिआएको छ ।

भविष्यमा पनि विगतका कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै केही थप साहित्यिक तथा शैक्षिक कार्यक्रमहरु संचालन गरेर संस्थाको पहुंच र प्रभाव बढाउने लक्ष्य वर्तमान कार्यसमितिको छ । नेपाली साहित्य विकास परिषद युके बेलायत तथा विश्वभरमै रहेका साहित्यिक संस्थाहरुसंग सहकार्य गरेर अघि बढन प्रतिवध्द
छ ।